दाङ र भोजपुरमा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी

arjun स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भए  ।

नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ । थोरै मत खसेकोले तीन दिन भित्रमा मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी गराए  ।

यस्तै ,सत्तारुढ दल नेकपा माओवादी केन्द्रदे प्रदेश नम्बर ५ को दाङबाट बिजयी शुरुवात गरेको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडानम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
गढवा ८ को अध्यक्षमा सद्धाम सिद्दीकी बिजयी भएका छन् । उनलेले एक सय ७ मत ल्याएका थिए । सो वडाको सदस्यहरुमा सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ र दलित महिला सदस्यमा विमला विक विजयी भएका छन् । यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मत ल्याउँदै प्यानलसहित विजयी भएका छन् ।