नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा काँग्रेसको विजयी

arjun स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

खजुरा (बाँके), २० असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुुख पदमा जित हात पारेको छ ।
राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो । राप्रपाका उम्मेदवार डा धवलशम्शेर राणा १२ हजार ५१५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा. सुरेशकुमार कनौडियाले आठ हजार ७३० मत ल्याएका छन्  । उपप्रमुखमा नेपाली काँग्रेसकी उमा थापामगर विजयी    भईन   । उनी  १० हजार ७३१ मत ल्याई निर्वाचित भएकी हुन्  । उनका निकटतम प्रतिद्वन्द्वीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमारानी वैश्यले ८ हजार ९२४ मत ल्याए  ।
नेपालगन्ज उपमहानगरपालिकाको कुल २३ वडामध्ये नेपाली कांग्रेस आठ, नेकपा (एमाले छ, नेकपा (माओवादी केन्द्र) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन वडा र सङ्घीय समाजवादी फोरम नेपाल दुईवटा वटामा विजयी भएका छन् । रासस