३२० स्थानीयको मत परिणाम सार्वजनिक,अब १४ स्थानीय तहको मतपरिणाम आउन बाँकी

arjun स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाण्डौ,२२ असार । दोस्रो चरणको निर्वाचन अन्तर्गत ३२० स्थानको मतगणना सकिएको छ । अब १४ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि एमालेले पहिलो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म १४३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । दोस्रो दल बनेको नेपाली कांग्रेसले ११७ स्थान जितेको छ । त्यस्तै माओवादी केन्द्र ३७ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ । माओवादीले मतगणना भइरहेको एक स्थानमा अग्रता लिइरहेको छ । संघीय समाजवादी फोरमले ७ स्थानीय तह जितेर चौथो स्थान सुरक्षित गरेको छ । उसले अझै एक स्थानमा अग्रता लिइरहेको छ । फोरम लोकतान्त्रिकले पनि ६ स्थान जितेको छ । राप्रपाले ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चा २ स्थानीय तह जितेर सातौं स्थानमा छ ।राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कार गरे पनि स्वतन्त्र उम्मेदवार बनेका राजपा नेताले २ स्थानीय तहमा जितेका छन् । त्यस्तै फोरमबाट टिकट नपाएपछि बागी उठेका एकजनाले कृष्णनगर नगरपालिका कपिलबस्तुको मेयर जितेका छन् ।