काठमाण्डौ,२३ असार ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा धेरै आर्थिक चलखेल भएको भन्दै सुसासनका लागि खर्चिलो चुनाव प्रणालीको अन्त्य हुनुपर्ने तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन सत्ताको नेतृत्व गरेको दलका नेता पौडेलले पैसाकै बलमा चुनाव लड्ने प्रद्धती विकास हुदै जादा त्यसले अन्तत प्रजातन्त्र घाईते भई मुलुकको विकासमा अवरोध पुग्ने दाबी गर्दै त्यस किसिमको पैसाको चलखेल लाई रोक्नुपर्ने बताएका हुन । व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै नेता पौडेलले निर्वाचनमा हुने अबैध पैसाको चलखेलले देशलाई भ्रष्टाचारमा धकेल्ने उल्लेख गरे ।
नेता पौडेलले राजधानीमा दैनिक बसोबास बढ्दै र गाउ रित्तो हुने क्रम बढ्दै गएको भन्दै भुगोल र जनसंख्याको बसोबासको अवस्था असन्तुलित हुदै गएको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले राजधानी बाहिर पनि राजधानीकै जस्तो गुणस्तरीय स्वास्थ्य उपचार सेवा, शिक्षा र रोजगारीको बन्दोबस्त गरी राजधानीको ओभर लोड हटाउनुपर्नेमा जोड दिए ।उत्पादन योग्य जमिनमा नया शहर बनाउने काम अघि बढेको भन्दै अन्न भण्डारको विनास भई खण्डहर बन्ने अवस्था आएको भन्दै त्यस तर्फ पनि गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।