यथास्थितिमा तेस्रोे चरणको निर्वाचनमा पनि भाग नलिने राजपा नेपालको निर्णय

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,२४ साउन । तेस्रोे चरणको निर्वाचनमा पनि राजपा नेपाल सहभागि नहुने भएकोे छ । आफुहरुले अघि सारेका मागका बिषयमा सरकारी पक्षबाट कुनै पनि सुनुवाई नभएको भन्दै सो पार्टीको राजधानीमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले यथास्थितिमा भाग नलिने अडान दोहो¥याएको हो ।
राजपाको यो निर्णयलाई सरकारले गम्भिरताका साथ नलिए तेसा्रे चरणको निर्वाचन पनि अघिल्ला निर्वाचनमा भाग लिने दलहरुहख बिच नै प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो र दोसा्रे चरणको निर्वाचनमा भाग नलिए पछि सरकारले प्रदेश नं दुईमा तेसा्रे चरणमा निर्वाचन गर्ने भन्दै असोज २ गतेका लागि मिति तय गरिएको छ ।यथास्थितिमा निर्वाचनमा नजाने अडानसहित पार्टीको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारिएको गरिएको नेता राजेन्द्र महतोले जानकारी दिए ।

राजपा नेपाले आफूहरुको माग अनुसार संविधान संशोधन हुनुपर्ने, मधेश आन्दोलनका क्रममा लगाइएका मुद्धा फिर्ता हुनुपर्ने लगायतका माग सम्बोधन नभई निर्वाचनमा जान नसकिने अडान लिँदै आएको छ । तर,ती मागहरु मध्ये तत्काललाई संबिधान सशोधन गरेर अघि बढ्ने सरकारले तयारी गर्दै आए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका कारण अहिले सम्म संशोधन प्रक्रिया अघि बढ्न सकेको छैन ।बैठकले पार्टीको विधान, घोषणा पत्र र नियमावली संशोधन गर्न मस्यौदा समिति समेत बनाएको छ । पार्टीको विधान, घोषणा पत्र र नियमावलीलाई पूर्णता दिन मस्यौदा समिति बनाइएको पार्टी नेता केशवकुमार झाले जानकारी दिए ।घोषणा पत्र र नियमावलीलाई पूर्णता दिन मस्यौदा समिति बनाइएको पार्टी नेता केशवकुमार झाले जानकारी दिए ।