काठमाडौँ, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको बताएका छन् । पार्टीद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष राणाले विभिन्न शक्तिका बढ्दै गएको हस्तक्षेपले सामाजिक सद्भाव कचमचिएको र राष्ट्रिय एकता संकटमा परेको अहिलेको अवस्थामा देशमा राजनीतिक स्थिरता, समन्वयात्मक सम्बन्धको खाँचो औँल्याए ।
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावपछि मुलुकमा विकास र जनताको समृद्धि कायम गर्न सकिने बताउँदै उनले भने –‘‘मुलुकमा दिगो शान्ति र निर्वाचनको सुनिश्चितताका लागि राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी भएको छ ।” संविधानअनुसार चुनाव सम्पन्न भएपछि लोकतन्त्रको सुदृढीकरण भई जनताको समृद्धिको चाहनालाई मूल लक्ष्यका साथ पूरा गर्न सकिने राणाको भनाइ थियो ।

