काठमाण्डौ,२७ कात्तिक । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णय खारेज गरेकोे छ। आज बसेको मन्त्रिपरिषदको बैठकले व्यवस्थापिका संसदका विभिन्न संसदीय समितिको निर्देशन बमोजिम भन्दै पुर्ववर्ति प्रचण्ड सरकारले गरेको उक्त निर्णय खारेज गरको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्दै १२ सय मेगावाटको उक्त आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिएको थियो । टेन्डरविनै निजी कम्पनीलाई बुढिगण्डकी निर्माणको जिम्मा दिएकोमा बिरोध समेत हुदै आएको थियो ।मन्त्रिपरिषद बैटकपछि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सामाजिक सञ्जाल ट्विटमा अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको समझौता खारेज गरेको उल्लेख गरेका छन ।