अदालतको अवहेलना मुद्धा आफुलाई लगाउन गगन थापाको चेतावनी

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौं ,२५ पुुस । नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको अवहेलनाको मुद्दा लाग्छ भने आफूलाई पनि लगाउन चेतावनी दिनु भएको छ। डा केसी पक्राउको विरोधमा आज बिहान काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा बोल्दै नेता थापाले आफू केसीको पक्षमा रहेकाले मानहानीको मुद्दा लगाउन चेतावनी दिनु भएको हो। तत्कालिन राजतन्त्र विरुद्धमा आन्दोलन गर्दा त्यतिबेला पनि राजद्रोहको मुद्दा लगाएर यसैगरी प्रकाउ गरिएको प्रसंग उल्लेख गर्दै नेता थापाले डा केसीको आन्दोलन सबै नेपालीको माग भएको भन्दै तत्काल रिहाइ गर्न माग गर्नु भयो।

उक्त प्रदर्शनमा सहभागि हुनु भएका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतका नेताहरु पनि डा केसीलाई तत्काल रिहाई गर्न माग गर्नु भयो ।