काठमाण्डौ,२५ पुस । गत महिना सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (ख) मा नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवारी दिनु भएका युवा नेता सुरजचन्द्र लामिछानले आज(मंगलवार) निर्वाचन आयोग समक्ष आफ्नो खर्च विवरण बुझाउनु भएको छ ।
आयोगमा बुझाइएको विवरण अनुसार लामिछानेले चुनावमा विभिन्न शीर्षकमा गरी कुल ९ लाख १६ हजार ८ सय ९२ रुपैया तीस पैसा खर्च गर्नु भएको छ । निर्वाचनमा पराजित भए पनि लामिछानेले आयोगमा खर्च विवरण बुझाउनु भएको हो । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनु भएका लामिछाने १९ भोटको अन्तरले पराजितहुनु भएको थियो ।

