आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारकाे तयारी

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौं,२ माघ । सरकारले आज ७ वटै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। यसका लागि छलफल गर्न आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ।राष्ट्रियसभाको मतदाता प्रदेशका सांसद समेत हुने भएकाले उक्त निर्वाचनअघि प्रदेश प्रमुख नियुक्ति हुनुपर्ने संवैधानिक बाध्यता देखिन्छ।

निर्वाचन सम्पन्न भएको लामो समय भइसक्दा पनि प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभा गठन हुन सकेको छैन। जसले गर्दा राष्ट्रियसभा निर्वाचन प्रभावति बन्दै गएको छ।सरकारले माघ २४ गते राष्ट्रियसभाको मिति तय गरिसकेको छ। निर्वाचनमा भाग लिने दलहरुको अन्तिम सूची माघ ५ गते प्रकाशन गर्ने आयोगले तयारी गरेको छ। त्यसअघि नै प्रदेशको समानुपातिक सांसदको किनारा गर्नुपर्ने संवैधानिक बाध्यता निर्वाचन आयोगसमक्ष रहेको छ।