काठमाण्डौ,३ माघ । सरकारले आजै प्रदेश प्रमुखको नामबारे टुंगो लगाउने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरि मोटामोटी खाका तर गरेको छ। यद्यपी निर्णय भने हुन नसके पछि अहिले दिउँसो ३ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ। मन्त्रीपरिषदको आजै बस्ने दोस्रो बैठकले सबै नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताउनु भयो।सरकारले भागबण्डा अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसका आधारमा नाम टुंगो लगाइएको हो।
अन्तिम निर्णय हुन बाँकी नामहरु :-
प्रदेश १ ( गोविन्द सुब्बा )
प्रदेश २ (उमाकान्त झा)
प्रदेश ३ (अनुराधा कोइराला )
प्रदेश ४ (बाबुराम कुँवर)
प्रदेश ५ (रत्नेश्वर कायस्थ )
प्रदेश ६ (चन्द्रकृष्ण घिमिरे )
प्रदेश ७ (वसन्तराज मल्ल )

