सरकारले जथाभावी नियुक्ति गरिरहेको प्रति एमालेको आपत्ति

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौं,३ माघ । सरकारले विभिन्न मन्त्रालयमार्फत जथाभावी नियुक्ति गरिरहेको भन्दै यसप्रति र्नकपा एमालेले आपत्ति प्रकट गरेको छ। आज(बुधबार) बसेको स्थायी समिति बैठकले काम चलाउ सरकारले मनपरी नियुक्ति गरेको भन्दै आपत्ति जनाएको हो।

बैठकले राष्ट्रियसभाको उम्मेदवार हुनका लागि तल्लो कमिटीबाट सिफारिस भएर आउनुपर्ने मापदण्ड पनि तोकेको छ भने राष्ट्रियसभाको मनोनयनको निम्ति अध्यक्षको दस्तखत दिने निर्णय समेत गरेको बताइएको छ।

साथै बैठकले तत्काल प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न समेत सरकारलाई आग्रह गरेको छ।ुराष्ट्रियसभाको निर्वाचन नै प्रभावित हुन लागेकाले तत्काल प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई आग्रह गरेको नेता भीम आचार्यले बताउनु भयो।