फेरी इन्धनको मूल्य बढ्यो

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

काठमाडौं,३ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज ( बुधबार) रातिदेखि लागू हुने गरी निगमले पेट्रोल,डिजल र मट्टितेलको मुल्य बढाएको हो।

निगमले पेट्रोलमा एक रुपैयाँ, डिजल र मट्टितेलमा दुर्इ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले जानकारी दिए।यो मूल्य बढेपछि पेट्रोल १ सय ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ७१ रुपैयाँ कायम भएको छ।निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ।

जनवरी १५मा इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको मूल्य अनुसार यहाँ मूल्य समायोजन गरिएको हो। १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ।मूल्य समायोजनपछि निगमलार्इ १९ करोड घाटा छ।