काठमाण्डौ,१९ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश दूतका रुपमा हिजो (बिहिबार) नेपाल आउनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज पनि बिहानै देखि राजनीतिक भेटघाटमा व्यस्त रहनु भयो ।
स्वराजले अहिले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नु भएको छ । उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । स्वराजले दिउँसो १२ बजे राष्ट्रपति भण्डारीलाई शितल निवासमा भेटवार्ता गर्नुहुनेछ ।
भ्रमणको पहिलो हिजो भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान भेटवार्ता गर्नुभएको थियो भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेतासँग पनि भेटवार्ता गर्नु भएको थियो । वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्न लागेका बेला भएको यो अपर्झट भ्रमणलाई अर्थपूर्ण मानिएको छ । दुई दिने नेपाल भ्रमण पुरा गरि उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

