विश्व बैंकले भूकम्प प्रभावित पाँच जिल्लामा ९६ हजार घर पुनर्निर्माण गर्ने

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

काठमाण्डौ,२३ माघ । विश्व बैंकले भूकम्प प्रभावित विभिन्न पाँच जिल्लामा ९६ हजार घर पुनर्निर्माण गर्ने भएको छ । पुनर्निर्माण प्राधिकरण र विश्व बैंकका प्रतिनिधिबीच सहमति भएको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिनु भयो ।
सम्झौताबमोजिम विश्व बैंकले भूकम्पप्रभावित रामेछाप, सिन्धुली, ओखलढुंगा, काभ्रे र रसुवामा ती घर पुनर्निर्माण गर्नेछ । करिब दुई साताअघि बैंकले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि सरकारसँग तीन सय मिलियन डलरको सम्झौता गरेको थियो । बैंकको वित्तिय सहयोगमा हाल दोलखा, नुवाकोट र धादिङमा निजी आवास पुनर्निर्माण गरिरहेको छ । हाल पुनर्निर्माणका लागि गरेको सम्झौता रकम त्यही प्रतिवद्धता अन्तर्गत भएको प्राधिकरणले जनाएको छ ।