काठमाण्डौ,२६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनु हुने भएको छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसका लागि प्रधानमन्त्री ओलीले संबिधानको धारा ७६ को उपधार ४ बमोजिम प्रतिनिधी सभाबाट बिश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभाको अन्तिम कार्यबिधी २०७४ को दफा ८२ को उपदफा १ बमोजिम प्रस्ताबको सुचना दिनुभएको ज्येष्ठ सदस्य महन्थ ठाकुरले जानकारी दिनु भयो ।
यसैबीच राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनु भयो । यस्तै,राप्रपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएको छ । राष्ट्रियता र प्रजातन्त्रको सम्वद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी गराएका छन् । प्रधानमन्त्रीलाई माओवादी, संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका राजनीतिक दलले समर्थन गर्ने जानकारी गराइसकेका छन् ।साथै उहाँले आजको बैठक मार्फत सभामुखमा कृष्णबहादुर महरा चयन भएको घोषणा समेत गर्नु भयो ।

