काठमाण्डौ,९ चैत । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याउने घोषणा गर्नु भएको छ । काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उहाँले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले २ वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याएर आफूलाई मजाक गर्नेहरुलाई जवाफ दिन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले २०७६ साल भित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गर्नु भयो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्रयाउन आवश्यक ऐन, कानुनको व्यवस्था गर्न लागिएको बताउनु भयो । निजी क्षेत्रलाई प्रोत्साहित गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ ।

