सुनको मूल्य दुर्इ सय रुपैयाँले घट्यो

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

काठमाडौं,१४ चैत । अाज(बुधबार) सुनको मूल्य घटेको छ । लगातार बढेको सुनको मुल्य बुधबार भने तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ५८ हजार ३०० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज  तेजावी सुन भने प्रतितोला ५८ हजार कायम भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ  रहेको छ ।