दरबार हत्याकाण्डको १८ वर्षपछि नारायणहिटीमा पुराण!

Bhim Thapa Photo Gallery , ५ वर्ष अगाडि

नारायणहिटी दरबार हत्याकाण्डको १८ वर्षपछि नारायणहिटीभित्र श्रीमद्भागवत पुराण लगाइएको छ । तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको आज १८ वर्ष पुगेको दिन पारेर नारायणहिटीभित्र रहेको नारायण मन्दिरमा पुराण लगाइएको हो ।

नाराणहिटी नारायणस्थान देवस्थल उपभोक्ता समिति र ओमकार परिवार नेपालको संयुक्त आयोजनामा पुराण लगाइएको हो । पण्डित कुवेर सुवेदीबाट वाचन हुने पुराणकाे
पूर्वराष्ट्रपति डा रामवरण यादवले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।