उपत्यकामा छिटफुट वर्षा,उच्च पहाडी भेगमा हिमपात

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ९ महिना अगाडि

काठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीबार देशका पश्चिमी भागमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपात भइरहेको छ ।हुम्लाको सिमिकोट, मुगुको ताल्चा विमानस्थल अखासपास, रुकुमपूर्वको माथिल्लो भेगका साथै उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको हाे ।

काठमाडौँ उपत्यकामा भने अपराह्न छिटफुट वर्षा भएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका अधिकांश स्थानमा छिटफुट वर्षा भएको मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी पानी डडेलधुरामा परेको छ । त्यहाँ ३२‍‍.८ मिलिमिटर पानी परेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएकाे छ रुकुमपूर्वको माथिल्लो भेगका साथै उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको मौसमविद् झा बताउनुहुन्छ ।