खातामा रहेको पैसामा कुनै जोखिम छैनः राष्ट्र बैंक

Bhim Thapa Business/अर्थ ब्यापार , ५ वर्ष अगाडि

काठमाडाैं,१५ भदाै । नेपाल राष्ट्र बैंकले बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ ।

ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबर सार्वजनिक भएपछि राष्ट्र बैंकले
आम नानगरिकलाइ ढुक्क हुन आग्रह गरेको हो ।

ह्याकरले बैंकको एटिएममा मात्रै आक्रमण गरेको तर त्यसले कुनै पनि खातामा असर नपारेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । 

अहिले भएको आक्रमण एटिएममा मात्रै हो , सिस्टममा आक्रमण भएको छैन । शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

यो घटनापछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् ।