चाैथाे संविधान दिवस भव्य रूपमा मनाइँयाे

Bhim Thapa Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं,३ असाेज । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको थियो। संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेकाे समितिले आयोजना गरेका कार्यक्रममा राष्ट्रपतिलगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्पिति रहनेछ। 

नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन्। 

मधेश केन्द्रित दलले भने आजको दिनलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन्। संबिधानमा आफुहरुले राखेका असन्तुष्टि सम्बोधनको पहल नभएको भन्दै उनीहरुले असोज तीनलाई कालो दिनको रुपमा लिदै आएका छन्।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शुभकामना दिएका छन्। शुभकामना सन्देशमा संविधान कार्यान्वयनको प्रतिबद्धता समेत जनाइएको छ। दिवसका अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ।