डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँ बढ्यो

NewsBankNepal Business/अर्थ ब्यापार , २ वर्ष अगाडि

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बढाएको छ । बिहीबार साँझ आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो।पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।