काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य आज राति १२ बजेदेखि लागू हुनेगरी घटाइएको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर १ रुपैयाँले कमी गरिएको छ।
निगमले हालै आएको अन्तर्राष्ट्रिय मूल्यको समायोजनसँगै उपभोक्तामाथिको भार कम गर्न इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ। मूल्य घटेसँगै सार्वजनिक यातायात भाडादरमा समेत समायोजनको अपेक्षा गरिएको छ।
