पेट्रोलियम पदार्थको मुल्य घट्यो,पट्रोल अब प्रतिलिटर १ सय रुपैयाँमा पाइने

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,२ असार । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो ।

निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १ सय रुपैयाँमा पाइनेछ ।यस्तै डिजेल र मट्टीतेलको मुल्य पनि लिटरमा १ रुपैया ५० पैशा घटाएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।