कतारमा नेपालीलाई समस्या छैन :मन्त्री मन्सुर

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौँ, ९ असार । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कतारमा रहेका नेपाली कामदारहरुको बारेमा आफू र आफ्नो मन्त्रालयले सम्पूर्ण जानकारी लिइरहेको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान हुने बताए  ।

राजधानीमा आज आयोजित  कार्यक्रममा उनले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्ने भन्दै प्रदेश नम्बर २ को निर्वाचनअघि नै संविधान संशोधन गर्ने गृहकार्यमा सरकार जुटेको बताए  । उनले संविधानको दायरालाई फराकिलो बनाउने काममा वर्तमान सरकार गम्भीर भएर लागिपरेको बताए  ।

मन्त्री मन्सुरले आगामी माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्ने प्रतिबद्वता व्यक्त गर्दै दुई नम्बर प्रदेशको निर्वाचन त्यहाँका राजनीतिक दल र जनताकै अपेक्षा अनुसार असोज २ गतेलाई सारिएको स्पष्ट पारे  । रासस