आज देखि नारायणगढ–मुग्लिन सडकमा दिउँसो यातायात बन्द नगरिने

arjun Photo Gallery , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाण्डौ,१२  असार । वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा आज बाट दिउँसोमा पनि यातायात नरोकिने भएको छ ।विस्तारका क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि गत चैत १४ गतेबाट बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यस अघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो ।

गत वर्षको वर्षात्मा पनि असार १ गतेबाट दिउँसोमा पनि आवागमन खुलाइएको थियो । सो सडकको मुग्लिनतर्फको क्षेत्रमा ६० मिटरसम्म अग्ला पहाड काटेर सडक चौडा गर्नुपर्ने भएपछि सवारी आवागमन रोक्नु परेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए । उनका अनुसार अझै ८०० मिटर क्षेत्रमा सडक चौडा गर्न भित्तो काट्नुपर्ने काम बाँकी छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यात्रुले बढी दुःख पाएपछि दिउँसोमा सडक सुचारु गर्न लागिएको बताए । रातको समयमा सडक बन्द गरेर दिउँसो मात्रै सञ्चालन गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । रातको समयमा सडकको काम गर्न सकिने बताउँदै उहाँले केही दिनमा रातमा सवारी आवागमन रोकिने बताए ।
मुलुककको पूर्व र पश्चिमका जिल्लामा निर्वाचन नजिकिएकाले मतदातालाई सहज होस् भन्नका लागि केही दिन सडक चौबीसै घण्टा खुल्ला राख्ने उनले बताए । सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् । रासस