देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिने ठाकुरको चेतावनी

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२१ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

मंगलबार अपराह्न सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधेका थिए । देउवाले आफू त्यसैका लागि प्रयासरत रहेको जवाफ दिदै केही दिन कुर्न आग्रह गरे पनि ठाकुर असन्तुष्ट हुँदै निस्केको उच्च स्रोतले जनायो ।अध्यक्षमण्डलका कुनै पनि नेता नलिई सिंहदरबार पुगेका ठाकुरसँग प्रधानमन्त्री देउवाले एक्लै कुरा गरेका थिए । दुई नेताबीच करिब आधा घन्टा कुराकानीपछि ठाकुर भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई भेट्न लैनचौरस्थित दूतावास गएका थिए ।