वित्तिय साक्षरता अभियानलाई तीव्र गतिमा अघि बढाउने राष्ट्र बैंकको तयारी

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,२१ असार ।नेपाल राष्ट्र बैंकले वित्तिय साक्षरता अभियानलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ । नेपाल राष्ट्र बंंैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकलाई आर्थिक रुपमा सम्पन्न गराउन पनि वित्तिय साक्षरता अभियानलाई व्यापक बनाउनुपर्ने बेला आएको स्पष्ट पारे ।

बुधबार ललितपुरमा आयोजित लघु, साना तथा मस्यौला उद्योमीहरुको अन्तराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंकले वित्तिय साक्षारता अभियान संचालन गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उल्लेख गरे । डेपुटी गभर्नर शिवाकोटीले लघु, साना तथा मस्यौला उद्योमीहरुलाई आवश्यक कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरु इच्छुक रहेको पनि स्पष्ट पारे । उनले कर्जा प्रवाह र यसबाट लिने व्यवसायिक फाईदाका विषयमा भने अझै पनि साना उद्योगीहरु जानकार नरहेको पनि बताए ।नेपाल राष्ट्र बैंकले लघु, साना तथा घरेलु उद्योगको विकासका लागि आवश्यक लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।