मौद्रिक नीतिले निजी क्षेत्रलाई बेवास्ता गरेको भन्दै व्यवसायीको आलोचना

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,२५ असार ।उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको आलोचना गरेका छन । उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रलाई कुनै राहत दिने काम नगरेको भन्दै आलोचना गरेका हुन । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिमा आफूहरुले दिएको कुनै पनि सुझाव नसमेटिएको पनि स्पष्ट पारे ।
मौद्रिक नीति सार्वजनिक गरेलगत्तै संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले मौद्रिक नीति उद्योग मैत्री नभएको दावी पनि गरे । ब्याजदर यथास्थितिमा राखेर उद्योगमा लगानी बढाउने कुरा कल्पना पनि गर्न नसकिने उहाँले उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई प्रोत्साहन गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिँदै आएको छ । महासंघले बैंकहरुको ऋण प्रवाह नीतिलाई उद्योग मैत्री बनाउन पनि सरकारलाई सुझाव दिँदै आएको छ ।