“परिवर्तनलाई संस्थागत गर्न क्रान्तिकारी शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैन”

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२६ असार ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई संस्थागत गर्न पनि सबै क्रान्तिकारी शक्तिहरु एकतावद्ध हुनुको विकल्प नरहेको बताए । अध्यक्ष दाहालले बाबुराम भट्टराई, मोहन बैद्य र नेत्र विक्रम चन्दलाई ढिला नगरी पार्टीका फर्कन पनि आग्रह गरे । उनले आफनो पार्टी नेतृत्वमा मुलुकका परिवर्तन आएको उल्लेख गर्दै त्यसलाई जोगाउने दायित्व पनि आफूहरुकै काँधमा रहेकोे पनि उल्लेख गरे । सोमबार लाजिम्पाटस्थित आफ्नै निवासमा प्रदेश नम्बर २ का विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले भट्टराई, बैद्य र नेत्र विक्रम चन्दसहितका साथीहरुको सामूहिक प्रयासमा मुलुकमा परिवर्तन आएकाले त्यसलाई जोगाउन पनि सबै एकैठाउँ उभिनुपर्ने बेला आएको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी समेत गरे । उनले राष्ट्रिय एकतालाई सुनिश्चित गरी आर्थिक विकासलाई गति दिन पनि आफ्नो पार्टीले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि पहिलो शक्ति बन्नैपर्ने तर्क समेत गरे ।अध्यक्ष दाहालले तयारी नपुगेका कारण स्थानीय तह पहिलो र दोस्रो तहको निर्वाचनमा पार्टीले अनपेक्षित परिणाम व्यहोर्नु परेको पनि बताए ।