राष्ट्रपतिलाई १६ करोडको गाडी किन्ने प्रस्ताव आएको छैनः प्रधानमन्त्री देउवा

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको स्पष्ट पारेका छन।व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको बताए । तर उनले घुमाउरो शैलीमा महंगो गाडीको प्रस्ताव नआएपनि राष्ट्रपतिको पदको गरिमा र सुरक्षाको सही व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित हुनुपर्ने तर्क गरे ।
बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको बारे जवाफ मागेका थिए। प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको पनि स्पष्टपारे ।