चूडामणि शर्मासहित ३ जना विरुद्ध १० अर्ब भन्दा बढि भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर

arjun Photo Bank , Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१ साउन । कर निर्धारणमा अनियमितता गरेको अभियोगमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अरव ९६ करोड  बिगोमाग दावी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार राजस्व चुहावटसम्बन्धि आरोप पुष्टिभए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ । कर निर्धारणमा अनियमितता गरेको दावीगर्दै शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिए ।

अख्यियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानवीन थालेदेखि नै कर छस्र्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार छन भने आयोगका सदस्यसचिव समेत रहेका शर्मा अख्तियारकै हिरासतमा रहेका छन । अख्तियारले कर फस्र्यौट आयोगको सबै फाईल झिकाएर अनुसन्धान गरेको हो । अनुसन्धानका क्रममा अरबौंको भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ । अख्तियारले कर छली गरेका कम्पनीहरुको विवरण समेत दायर मुद्दामा उल्लेख गरिएको छ ।