प्रधानन्यायाधीश पराजुली प्रहरी छानविनमा !

arjun Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,१७ माघ । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनमा पर्नु भएको छ । प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिनु भएको छ । निवेदन दर्ता भए लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ ।
अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गर्दै कल डिटेल मगाउन माग पनि गर्नु भएको छ । घटनाको बिषयमा जानकारी लिन काठमाण्डौका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मगाउने लगायतका प्रक्रिया अघि बढाएको छ ।