नेपाल टेलिकमले पनि ब्यालेन्स सापटी दिन थाल्यो

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,२२ माघ । नेपाल टेलिकमले पनि प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी दिन सुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकउत्सव कार्यक्रमको अवसर पारेर सोमबारदेखिनै आफ्ना प्रिपेड ग्राहकका लागि व्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको हो ।
यस अघि एनसेलले मात्रै यो सेवा उपलब्ध गराएको थियो । कार्यक्रममा सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले नमस्ते क्रेडिट सेवा नाम दिइएको सो सेवाको शुभारम्भ गर्नु भयो । यो योजनाको पूर्ण कार्यान्वयनमा भने एक महिना भित्र हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनु भयो ।नेपाल टेलिकमले फोरजी सेवालाई सबै स्थानीय तहमा विस्तार गर्ने योजना पनि अघि सारेको छ । टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सबै स्थानीय तहमा फोरजी सेवा संचालन गर्न लागिएको जानकारी दिनु भयो ।तारसहित र तारसहित दुवै सेवा दिँदै आएको टेलिकमको ग्राहक संख्या १ करोड ८५ लाख नाघिसकेको छ ।