ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

उदयपुर, ३ फागुन । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन । चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वारि र पारिको पिलरको जग नै बन्न नसकेको कुरा फोक्सिङटारका स्थानीयवासी जनक राई बताउँछन् ।

शुरुमा सो कम्पनीका ठेकेदारले तीन महिना काम गरेर त्यतिकै छाडेको र फेरि एक वर्षअघि मात्र सबैतिरबाट दबाब आउन थालेपछि सामान्य काम शुरु गरेजस्तो गरेको र अहिले चार वर्ष बितिसक्दासमेत पुलको जग समेत निर्माण हुन नसकेको खोटाङ लिच्कीराम्चेका स्थानीयवासी जगन्नाथ खत्रीको भनाइ छ ।

‘गौरापार्वता निर्माण कम्पनीले तीन वर्षअघि नै गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा २०७० देखि नै पुल निर्माण कार्य शुरु गरेको भए तापनि अहिलेसम्म पिलरको जग नै निर्माण गर्न नसक्दा कत्तिको लापरबाही गरेको छ भन्ने कुरा प्रस्ट छ तर सम्बन्धित निकाय र सरोकारवाला अहिलेसम्म पनि मौन बसिरहेका छन्,’