सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग जर्सी काठमाडौंमा सार्वजनिक

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,८ चैत । सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग जर्सी आज काठमाडौंमा सार्वजनिक गरिएको छ । आज साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजनिक गरेका हुन् ।
सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ । जर्सी सार्वजनिक कार्यक्रमका लागि दिल्ली डेयरडेभिल्सका प्रतिनिधि नेपाल आएका छन् । हालै जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगिता खेलेर स्वदेश फर्किएका सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाने कार्यक्रम छ ।