नयाँदिल्ली,२३ चैत । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।नयाँ दिल्लीको लोककल्याण मार्गमा रहेको मोदीको सरकारी निवासमा दुवै प्रधानमन्त्री बीच वार्ता भएको हो । वार्तामा अरु कोही सहभागी थिएनन् ।भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा प्रसन्न भएको उल्लेख गर्नु भएकाे छ ।प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज विहान त्यसतर्फ प्रस्थान गर्नु भएकाे हाे ।

