राष्ट्रिय गौरवको आयोजनाको काममा ढिलासुस्ती गर्नेलाई कारबाही गरिने

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

काठमाण्डौ,२८ चैत । सरकारले राष्ट्रिय गौरवको आयोजनाको काममा ढिलासुस्ती गर्नेलाई तत्काल कारबाही गर्ने भएको छ । माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाको निरीक्षण गर्न आज दोलखा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे कार्बाही गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओली सहित उर्जामन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङ लगायतको टोलीका साथ दोलखाको विगु गाउँपालिका–१ लामाबगर पुगेको थियो । प्रधानमन्त्री ओलीले जसरी पनि तोकिएको अवधिभित्रै आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभयो । कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने सरकारको निति रहेको बताउँदै उहाँले निर्धा्रित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिनुभयो । सो क्रममा उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्यूत आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।