विश्वकप फुटबल आजबाट रुसमा सुरु हुदै

arjun Sports/खेलकुद , ८ वर्ष अगाडि

 

काठमाडौं,३१ जेठ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ ।स्टेडियमको सुरक्षाका लागि लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ भने ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।विश्वकपको प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । यी टिमलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्र छन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।