काठमाडौं, २४ साउन ।सुनचाँदीको भाउ स्थिर, आज पनि सुन तोलाको ७० हजार नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम बिहीबारसम्म रोकिएको थिएन । आज शुक्रबार भने सुनचाँदीकै मूल्य भने स्थिर देखिएको छ ।
सातामा झन्डै ५ हजार रुपैयाँले बढेको सुनको मूल्य आज शुक्रबार भने घटबढ भएको छैन । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली इतिहासमा सुन प्रतितोला ७० हजार रुपैयाँ पुग्नु सबैभन्दा उच्च हो । तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
उता चाँदीको भाउ शुक्रबार पनि ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला ८ सय १० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार र शुक्रबार भने १५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अमेरिका र चीन व्यापार, अमेरिका(इरानबीच बढ्दो तनाव एवं अमेरिकी केन्द्रीय बैंकको ब्यजदर कटौतीले सुनको बजार प्रभावित भएको बताइन्छ । महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ ।

