काठमाडाैं । सुनचाँदीको भाउ बढ्ने र घट्ने क्रम रोकिएको छैन । आज सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (आइबार) छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार र शनिबार भने ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार चाँदीको भाउ अघिल्लो दिनको तुलनामा आज प्रतितोला ५ रुपैयाँ मात्र बढेको हो ।
शुक्रबार र शनिबार ८ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज (आइतबार) भने ५ रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


