धुर्मुस–सुन्तलीकाे रंगशाला निर्माणकाे काम राेकियाे

NewsBankNepal Sports/खेलकुद , ४ वर्ष अगाडि

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणकाे काम रोकेको छ।

एक वर्षमा ३५ प्रतिशत काम सकिएकाे छ ।फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं ।’हामीले अहिलेसम्म उधारोमा काम गर्‍यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ ।

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो ।