धनगढी,११ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठवन्धनमा कुनै छलफल नभएको बताउनु भएको छ ।
बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताउनुभयो ।
अर्ली इलेक्सन हुँदैन, अध्यक्ष नेपालले भन्नुभयो, हामी अहिलेकै गठवन्धनबाट चुनावमा जाने सोचमा छौ ।
एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठवन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो भन्ने प्रश्नमा उहाँले हिजो एमालले पनि राप्रपा र माओवादीसित गठवन्धन गरेको स्मरण गर्नुभयो ।
अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने संकेत गर्नुभएको छ ।

