नीति तथा कार्यक्रम पारित हुन दिन्नौँः ओली

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्।

शनिबार संघीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे।

सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसद्‌बाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीन रहेको बताए। सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रमजस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उनको दाबी थियो।

नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल दुई वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताए।