वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमिलाले लिइन् शपथ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । जनता समाजवादी पार्टी नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराएका हुन् । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् । योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।