माओवादी बैठक: कसले उठायाे नेताका सम्पत्ति छानबिनका कुरा?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा पार्टीकै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ । बुधबारबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले बाेल्ने क्रममा यस्तो माग उठाएका हुन् ।

आजको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बैठककाे सुरूमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा सुरआती सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताए ।

अध्यक्ष दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रीय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्नेसमेत बताए ।

पछिल्लो चरणमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहलकदमी र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याए ।