‘बीएण्डसी मेडिकल कलेज’लाई संचालनकाे अनुमति दिन सर्वाेच्चकाे आदेश, बल्ल पाए दुर्गा प्रसाईंले न्याय

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।

न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।