एसइईमा धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनुमा सरकारकै दोष!

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ महिना अगाडि

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले एसइई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।सांसदहरुले एसइई परीक्षामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।

बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गर्दै सांसदहरुले सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन्। उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गर्दै नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको दाबी गरिन्।

त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे। उनले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको बताए।

यस्तै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन्।