काठमाडौं । गएरातिदेखिको अविरल वर्षाले देशका विभिन्न भाग डुबानमा परेका छन् ।भारी वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।

ललितपुरको शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्ती जोखिममा परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । विभिन्न स्थानमा पहिरो जाँदा देशभरका १८ वटा राजमार्ग र सडकहरु अवरुद्ध भएका छन् ।
तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । नारायणी नदीले सतर्कतातह पार गरेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ ।